News

द्वन्द्वपीडितलाई थप राहत वितरण सुरू

द्वन्द्वपीडितलाई थप राहत वितरण सुरू
rahatमंसिर १५ । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सरकारले रु पाँच लाख राहत दिन सुरू गरेको बताएकी छिन् । मंगलवार इलाममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले द्वन्द्वपीडितलाई यसअघि दिइएको राहत भन्दा केही थप गर्न लागिएको बताएकी हुन् । द्वन्द्वपीडितलाई राहत रकम प्रदान गर्न अर्थमन्त्रालयबाट स्वीकृत भइ जिल्ला प्रशासन कार्यालय पठाइसकिएको र चाँडै पीडितले पाउने मन्त्री यादवले बताइन् । द्वन्द्वकालमा ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माणको काम पनि अघि बढाइने छ भन्दै उनले यसका लागि ३० अर्ब बजेट आवश्यक भएको पनि उनले जानकारी दिइन् ।

dwandapidit lai rahat

विशेष