News

डा केसीको माग पूरा गराउन गोदानको २४ घन्टे अल्टिमेटम

डा केसीको माग पूरा गराउन गोदानको २४ घन्टे अल्टिमेटम
dr-kcमंसिर – १५ । डा प्रा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई सरकारी चिकित्सक संघ (गोदान)ले २४ घण्टे अल्टिमेटम दिएको छ । मेडिकल क्षेत्रको सुधारको माग गर्दै अठार दिनदेखि आमरण अनसनमा रहेका डा. केसीको माग सरकारले छिटो सम्बोधन गरिदिनु पर्ने भन्दै गोदानले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको हो । सो समयभित्र दुवै पक्षबीच सहमति नभए सरकारी स्वास्थ्य संस्थामा सेवा उपलब्ध नगराउने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । डा केसीको मागप्रति समर्थन जनाउँदै गोदानका महासचिव डा विष्णुरथ गिरीले आज प्रेस विज्ञप्ति जारी गर्दै डा केसीको अनसन छिटै टुंग्याउन आग्रह गरिएको हो । महासचिव गिरीले २४ घण्टापछि केसीको जीवनरक्षाका लागि गोदानले संघर्षका कार्यक्रम गर्न भएको महासचिव गिरीले जानकारी दिए । संघर्षका कार्यक्रममा सक्रिय सहभागिता जनाउन र जटिल परिस्थितिमा सहयोग गर्न आफ्ना सदस्यलगायत आम नागरिकमा गोदानले आग्रह गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन केशवप्रसाद सिंहको राजीनामा लगायतका माग राख्दै केसी दसौं चरणको अनसनमा छन् । सरकारले केसीको मागबारे वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेर चार पटकसम्म वार्ता गर्दा पनि सहमति हुन सकेको छैन ।

Dr. Gobinda Kc

विशेष