काश्मिरको नगरोटा आक्रमणमा एक नेपालीको मृत्यु
मंसिर - १५ । जम्मु र काश्मिरको नगरोटामा भएको चरमपन्थी आक्रमणमा भारतीय सेनामा कार्यरत एक नेपाली परेका छन् । भारतीय सेनामा कार्यरत खोटाङका ३२ वर्षीया असिम राई आक्रमणमा मारिएका हुन् । मंगलबार विहान जम्मूको नगरोतास्थित भारतीय सेनाको शिविरमा चरमपन्थीले आक्रमण गरेको बताइएको छ । उक्त आक्रमणमा दुई अफिसर र पाँच सैनिकको ज्यान गएको सञ्चार माध्यमले जनाएका छन् । जस मध्ये एक नेपाली राईको आक्रमणमा परी ज्यान गएको हो । उनी भारतीय सेनामा राइफलम्यान पदमा कार्यरत थिए । indian army