विदेश

कोलम्बियामा भएको विमान दुर्घटनमा मृत्यु हुने खेलाडीको नाम सार्वजनिक

कोलम्बियामा भएको विमान दुर्घटनमा मृत्यु हुने खेलाडीको नाम सार्वजनिक
plane-crash
मंसिर – १५ । फुटबल प्रतियोगितामा सहभागी हुन जानेक्रमा विमान दुर्घटनामा खेलाडीको मृत्यु भएका खेलाडिको सनाखत भएको छ । मंगलबार विमान एउटा डाँडोमा ठोकिदा विमानमा सवार ८१ यात्रु मध्ये ७६ जना मृत्यु भएको थियो भने ५ जनालाई जीवितै उद्धार गरिएको थियो । दक्षिण अमेरिकाको ठूलो मानिएको कोपा सुदामेरिकाना खेल्न बोलिभियाबाट खेलाडी लिएर उडेको विमान कोलम्बियाको मेडेलिन शहरको कोरो गार्डेन भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको थियो । जसमा १९ खेलाडीको मृत्यु भएको हो । निधन हुनेमा एट्लेटिको म्याड्रिडका ३५ वर्षीय पूर्व स्ट्राइकर क्लेमर सान्तना पनि छन् । उनको निधनलाई लिएर म्याड्रिड क्लबले मंगलबार नै एउटा वक्तव्य सार्वजनिक गर्दै दुःख व्यक्त गरेको छ । विमान दुर्घटनामा मृत्यु हुनेमा २७ वर्षीय स्ट्राइकर नानिस, २१ वर्षीय अलिटन कानेला, ३४ वर्षीय ब्रुनो रान्जेल छन् । रान्जेलले यो सिजन क्लबबाट सर्वा्धिक गोल गरेका थिए। अन्य स्ट्राइकरमा ३४ वर्षीय केम्पेस, २६ वर्षीय लुकास गोमेस,२२ वर्षीय तियागुइन्हो पनि छन्। यस्तै २४ वर्षीय मिडफिल्डर आर्थर माइया, २९ वर्षीय गिल, २१ वर्षीय माथेस बिटेको, २७ वर्षीय सर्गियो मानोयल, ३० वर्षीय जोसिमारको पनि विमान दुर्घटनामा निधन भएको छ । आर्थर माइयाको निधनप्रति चेल्सीबाट व्यवसायिक फुटबल खेलिरहेका ब्राजिलियन टिमका डिफेन्डर डेभिड लुइसले विशेष श्रद्धाञ्जली दिएका थिए। ३० वर्षीय डिफेन्डर विलियम थियागो, २५ वर्षीय डेनेर, ३२ वर्षका फिलिप माचाडो, २१ वर्षे गिमेनेज, २२ वर्षे माथेस कारामेलो र २५ वर्षे मार्सेलो अगुइस्टोको पनि निधन भएको थियो। ३१ वर्षे गोलकिपर डानिलो पाडिल्हालाई जीवित उद्धार गरिएपनि उनको अस्पतालमा निधन भयो । २२ सदस्यीय खेलाडी टोलीमा डिफेन्डर एलन रुस्चेल र हेलियो जाम्पेर तथा गोलकिपर जाक्सन फोलमनलाई सकुसल उद्धार गरिएको थियो । ५१ वर्षीय प्रशिक्षक लाइयो जुनियरको पनि दुर्घटनामा निधन भएको छ । उक्त घटनापछि ब्राजिल सरकारले तीन दिने राष्ट्रिय शोकको घोषण गरेका छन् । ब्राजिलका राष्ट्रपति मिसेल टेमेरले दुर्घटनाको खबर पाए लगत्तै मंगलबार राष्ट्रिय शोकको घोषणा गरेका हुन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनो कम्बोडियामा भएको विमान दुर्घटना फुटबल इतिहासकै दुखद घटना भएको बताए । दुर्घटनामा ब्राजिलको ए डिभिजन क्लब चापेकोइन्सका खेलाडी सवार थिए । चापेकोन्स सन् २०१४ मा पहिलो पटक ब्राजिलको ‘ए’ डिभिजनमा बढुवा भएको थियोदुर्घटनापछि दक्षिण अमेरिकी फुटबल महासंघले कोपा सुडामेरिकन फुटबलको फाइनल खेल स्थगित गरेको छ ।

Plane Crash

विशेष