ताजा खबर News समाज

५१५ जनाले नागरिकता फिर्ता गरे

५१५ जनाले नागरिकता फिर्ता गरे

मंसिर १६ ।  छुट्टै गाउँपालिकाको माग गर्दै बझाङको काँडा गाविसका बासिन्दाले स्थानीय विकास अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालयमा नागरिकता फिर्ता गरेका छन् ।

भौगोलिक रुपमा विकट काँडा गाविस देशकै सबैभन्दा ठूलो गाविस भएकाले छुट्टै गाउँपालिका बनाइनुपर्ने माग गर्दै उनीहरू चार महिनादेखि आन्दोलित हुँदै आएका छन् ।

सरकारले आफूहरूलाई नागरिकताको प्रमाणपत्रबाहेक अन्य कुनै पनि सेवा सुविधा नदिएको र देशकै सबैभन्दा ठूलो गाविसलाई छुट्टै गाउँपालिका सिफारिस गर्न माग गरे पनि कुनै सुनुवाइ नभएपछि सामूहिक रुपमा नागरिकता फिर्ता गरिएको काँडा गाविसका पूर्वअध्यक्ष रणबहादुर बोहोराले बताए । पहिलो चरणमा ५१५ थान नागरिकताको प्रमाणपत्र फिर्ता गरिएको उहाँले बताए ।

हाम्रो चालचलन रीतिरिवाज र भाषा अन्य गाविसको भन्दा फरक छ, भौगालिक बनोट पनि धेरै ठूलो र विकट छ, छिमेकी गाविससँग मिलाउँदा काँडाका बासिन्दा अधिकारबिहीन हुने भएकाले छुट्टै गाउँपालिका माग गरेको हौँ’ काँडा–७ धुलीकी डोल्मा तामाङले भने ।

स्थानीय विकास अधिकारी प्रमोद सिङ्खडाले काँडा गाविसलाई आफूले भनेर छुट्टै गाउँपालिका बनाउन नसकिने प्रतिक्रिया दिएका छन्  ।

विशेष