ताजा खबर राजनीति News

मोर्चाले नै मानेन प्रस्ताव

मोर्चाले नै मानेन प्रस्ताव

morcha-meeting-15-mansir

मसिर १६ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विधेयक अस्वीकार गर्ने निर्णय गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बुधबार साँझ बसेको मोर्चाको बैठकले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ ।

बैठकले संशोधनको विषय अहिले स्वीकार गर्न नसकिने र मतदानमा जाने अवस्था आएमा विपक्षमा मतदान गर्ने मोर्चाले निर्णय गरेको हो । बैठकले मोर्चा अझै पर्ख र हेरको स्थितिमा रहेको भन्दै आफनो माग सम्बोधन गर्न सरकार संशोधनमा चुकेको आरोप लगाएका छन् ।

मधेसी मोर्चाका माग सम्बोधन गर्ने भन्दै कांग्रेस माओवादी गठबन्धनले मंगलबार राति ७ बुँदे संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो । पाँच नम्बर प्रदेशबाट पहाडलाई अलग पार्ने सहितका संशोधनका बुँदा मोर्चाको माग नभएको नेताहरुले धारणा राखेका छन् ।

madesi morcha upendra yadav

विशेष