News समाज

कार्की विरुद्धको सुनुवाई आजबाट

कार्की विरुद्धको सुनुवाई आजबाट

मंसिर १६ । अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिलाई सदर गर्ने निर्णयमाथि परेको पुनरावेदन मुद्दामा बिहीबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालत प्रशासनले प्रकाशित गरेको साप्ताहिक पेसी सूचीमा ७ वटा मुद्दा कार्की प्रकरणसँग सम्बन्धित छन् ।

सूचीअनुसार कार्कीको नियुक्ति र योग्यतासम्बन्धी फैसला पुनरावलोकनको माग गरिएका दुई मुद्दा बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस हुनेछन् । न्यायालयको सम्पूर्ण कामकारबाही र प्रक्रिया नै प्रभावित पार्ने प्रयास गरेको भन्दै कार्कीमाथि न्यायिक निलम्बन र उनका सम्पूर्ण सुविधा खोस्नुपर्ने माग राखी दायर रिट निवेदन पनि पेसी सूचीमा छ ।

म्याद तामेलीमा अवरोध गरेको आरोपमा सर्वोच्च प्रशासनले नै पेस गरेको प्रतिवेदनका आधारमा काठमाडौं महानगरपालिका वडा नम्बर १० की सचिव सरिता राई, नासु भेषराज अर्याल र सर्वोच्च अदालतका तामेल्दार शम्भु खत्रीमाथि पनि कारबाहीको प्रस्ताव गरिएको थियो । त्यसबाहेक कार्कीसहित ४ जनाविरुद्ध म्याद तामेलीमा गरेको अवरोध र लोकमान तथा कृषि विकास बैंकका अध्यक्ष प्रमोद कार्कीले वारेस राख्न दिएको निवेदन पनि साप्ताहिक पेसी सूचीमा छ ।

कान्तिपुर

lokman

विशेष