ताजा खबर विदेश News

अरबौंको सम्पती छाड्दै ट्रम्प

अरबौंको सम्पती छाड्दै ट्रम्प

donald-trump मंसिर १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतीय जिम्मेवारीमा केन्द्रित रहन र स्वार्थ बाझिन सक्ने संभावना रोक्न आफ्नो व्यवसाय पूर्ण रुपमा छोड्ने घोषणा गरेका छन् ।

डिसेम्बर महिनामा उनले आफ्ना छोराछोरी सहित योजनाको विस्तृत विवरण प्रेस सम्मेलन मार्फत दिने बताएका छन् । राष्ट्रपति निर्वाचत ट्रम्पले सामाजिक सञ्जाल ट्वीट मार्फत उक्त घोषणा गरेका हुन् ।

ट्वीटमा भनिएको छ, ’डिसेम्बर १५का दिन म न्यू योर्क शहरमा मेरा बच्चाहरु सहित ठूलो प्रेस सम्मेलन गर्नेछु र मेरो राम्रो व्यवसाय सम्पूर्ण रुपमा छोड्नेछु ता कि देश सचालनमा म केन्द्रित रहन सकुँ र अमेरिकालाई फेरि महान बनाउन सकुँ ।’

ट्रम्पका छोराछोरीहरु उनको व्यवसायमा बरिष्ठ पदमा छन् । कानुन अनुसार मैले त्यसो गरिरहनु त पर्दैन तर राष्ट्रपतिका रुपमा व्यवसायबाट पृथक रहनु ठीक हो जस्तो लाग्यो ताकि मेरो स्वार्थ नबाझियोस् ।’ त्यसैले व्यवसायबाट पूर्ण रुपमा बाहिर बस्न कानुनी दस्तावेजहरु तयार हुँदैछन् । राष्ट्रपति बन्नु अझ धेरै महत्वपूर्ण काम हो ।’

आउंदो जनवरी २० तारिख राष्ट्रपतिको जिम्मेवारी सँभाल्ने ट्रम्पले न्यू योर्क टाइम्ससँगको कुराकानीमा दुइवटा क्षेत्रका आफ्ना दायित्वलाई छुट्याउनेबारे सोचिरहेको तर आफुले दुवैलाई एकसाथ राम्रोसँग सञ्चालन गर्न सक्ने विश्वास रहेको बताएका थिए ।

उनका तीन छोराछोरी ट्रम्प साम्राज्यमा महत्वपूर्ण भूमिकामा छन् । ट्रम्पले आफ्ना छोराछोरीलाई व्यवसाय सुम्पिनेछन् यो उनले फैसला गर्ने छन् ।

Donald Trump

विशेष