ताजा खबर News

संशोधन प्रस्तावको विरोधमा बुटवलमा बिहानै प्रर्दशन, प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्दै

संशोधन प्रस्तावको विरोधमा बुटवलमा बिहानै प्रर्दशन, प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्दै

मंसिर १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले दर्ता गराएको संविधान संशोधन र सोका लागि भइरहेको तयारीका बारेमा आज सार्वजनिकरुपमा धारणा व्यक्त गर्दैछन् । दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दैछन् ।

butwal

हिजो प्रमुख दलसँग संशोधन प्रस्तावका बारेमा छलफल गरेका उनले बिहीबार बिहान मधेशी मोर्चासँग छलफल गरिरहेका छन् । बैशाखमा स्थानीय निकायको चुनाव गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले मोर्चालाई संशोधन प्रस्तावलाई उपलब्धीका रुपमा लिन आग्रह गरेका छन् ।

बुटवल बन्द, गुल्मी, अर्घाखाँची, पाल्पामा पनि प्रर्दशन

butwal-banda

पाँच नम्बर प्रदेशमा रहेका पहाडी जिल्ला अलग गरिएको विरोधमा बुटवल बजार बन्द गरिएको छ । प्रतिपक्षी एमालेको प्रमुख सक्रियतामा भएको बन्दले जनजीबन ठप्प भएको छ । ठाऊँठाऊँमा टायर बालिएको छ । पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पामा पनि प्रदेशका जिल्ला अलग थलग गरिएको विरोधमा प्रर्दशन भइरहेको छ ।

Butawal Banad pm dahal Puspakamal Dahal

विशेष