व्यापार

एप्पलले विश्व रेकर्ड तोड्ने

एप्पलले विश्व रेकर्ड तोड्ने

apple

मंसिर १६ । एप्पलका वितरकले आगामी वर्षको दोस्रो अर्धवार्षिक अवधिमा १२ देखि १५ करोड आईफोन बिक्री गर्न सक्ने देखिएको छ । यो बिक्री अघिल्लोको तुलनामा बढी भएको विश्लेषणत्मक फर्मले जानकारी दिएका छन् ।

एप्पलले आगामी वर्ष वायरलेस चार्जिङ भएका तीन नयाँ आईफोन ल्याउने प्रक्षेपण केजीआईले गरेको छ । यी फोनमा प्रमुख नयाँ ढाँचाको आईफोन–८ पनि हुनेछ । आईफोन सेभेन र आईफोन सेभेन प्लसमा पनि नयाँ विशेषता थपिने नाइन टु फाइभ म्याकले जानकारी दिएको छ ।

सीसाको ‘बडी’ भएको चम्किलो र लचिलो स्क्रिनसहितको नयाँ हेडसेटले आईफोनका यसअघिका सर्वा्धिक लोकप्रिय उत्पादनको बिक्रीलाई पनि उछिन्ने केजीआईको विश्लेषणले देखाएको छ ।

वाल स्ट्रिट जर्नलले एप्पलले आफ्नो दसौं वार्षिकोत्सवका अवसरमा ल्याउन लागेको अर्को आईफोनमा १० भन्दा बढी ढाँचाका बारेमा योजना बनाइरहेको जनाएकै बेला केजीआईले यो तथ्य सार्वजनिक गरेको हो । आईफोन बिक्रीमा हुने वृद्धिले एप्पलका लगानीकर्तालाई राहतको महसुस गराउनेछ ।

लगातार तीन वर्षसम्म आईफोनको बिक्री ओरालो लाग्दै आएको थियो । फ्याक्ट सेटले गरेको सर्भेले एप्पलले २०१६ को डिसेम्बरसम्मको त्रैमासमा ७ करोड ८० लाख आईफोन बिक्री गर्ने देखाएको छ । यो अघिल्लो वर्षको ७ करोड ५० लाखको तुलनामा बढी हो । यसले दोस्रो अर्धवार्षिकको बिक्रीलाई १२ करोड ४० लाख पुर्याउनेछ

Apple I phone

विशेष