खेल ताजा खबर News

महिला क्रिकेटमा नेपालको चौथो हार

महिला क्रिकेटमा नेपालको चौथो हार

woman-cricket-team मंसिर १६ । थाइल्याण्डमा जारी एसीसी महिला क्रिकेटमा नेपाल थाइल्याण्डसंग ८ विकेटले पराजित भएको छ । आज भएको आफ्नो चौथो खेलमा पनि नेपाल थाइल्यण्संग ८ विकेटले पराजित भएको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले १९ दशमलब ५ बलमा सबै विकेट गुमाउंदै मात्र ६३ रन बनाएको थियो ।

नेपालका लागि ज्योति पाण्डेले सर्वाधक १६ बनाउनु बाहेक अन्य व्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन । खेलमा नेपालले ११ रन अतिरिक्त पाएको थियो । जवाफि व्याटिङ गरेको थाइल्याण्डले १६ ओभरमा २ विकेट गुमाउंदै लक्ष्य भेट्टायो । थाइल्ण्डकी सृनित्रा साराङकात्राले अविजित २७ रनको योगदान गरिन भने नातकन छन्तमले २४ रन बनाएकी थिइन ।

Woman Cricket

विशेष