News

आयोगको आयू अब दुई महिना, काम शून्य

आयोगको आयू अब दुई महिना, काम शून्य

trc

सत्य निरुपण तथा मेल मिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोगको म्याद सकिन २ महिना बाँकी छ । आयु सकिन लागेका यि दुई आयोगमध्ये सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरी लिने बाहेकको काम गरेको छैन भने बेपत्ता आयोग आफ्नो दोस्रो चरणको काममा सक्रिय छ ।

आयोगको म्याद सकिन लाग्दा पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमा काम सुरु भइसकेको भने छैन । आयोगको समय अब दुई महिनामात्र बाँकी छ ।

सत्य निरुपण आयोगले बल्ल आफ्नै मापदण्ड बनाएको छ । छानबिन प्रक्रिया तथा अनुसन्धानको काम सबै बाँकी रहेको अयोगका अध्यक्ष सूर्य किरण गुरुङले बताए । आयोगको मापदण्डअनुसार प्रत्येक प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने भनेर बजेट मागेको र बजेट आएपछि काम सुरु भईहाल्ने अध्यक्षले जानकारी दिए ।

आयोग सदस्य माधवी भट्ट पराजुलीका अनुसार आयोगले एक प्रतिसत काम पनि गरेको छैन । उनले भनिन्, ‘आयोगको काम अनुसन्धान गर्ने हो । अहिलेसम्म एउटा फाइल पनि खोलिएको छैन, काम केही भएकै छैन ।’

आयोग अध्यक्ष गुरुङको नेतृत्व क्षमता माथि पनि प्रश्न उठाउन थालिएको छ । बेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक भने आफ्नो आयोगले लगभग काम पूरा गरेको दाबी गर्छन् । बेपत्ता आयोगमा २७ सय ४१ उजुरी परेको छ । दुई चरणको काम सकिएको र तेस्रो चरणको काम भइरहेको अध्यक्ष मल्लिकको भनाइ छ ।

बेपत्ता आयोगले कामलाई तीनवटा चरणमा विभाजन गरेको छ । पहिलो चरणमा संकलित उजुरी बेपत्ता आयोगभित्र पर्ने या नपर्ने भन्नेवारे अनुसन्धान गरिएको छ । सत्य निरुपणमा जानुपर्ने उजुरी पनि बेपत्तामा आएकाले ती उजुरीहरु सबै उता पठाएको मल्लिकले जानकारी दिए । त्यस्तै दोस्रो चरणमा उजुरीहरुमा उल्लेख भएको समस्याको मूल्याङकन गरिएको छ । तेस्रो चरणमा विस्तृत अनुसन्धान थालिने मल्लिकले जनाए । मल्लिककै कुरालाई आधार मान्दापनि खाश काम भएकै छैन । मुख्य काम भनेकै अनुसन्धान हो जुन भएकै छैन ।

दुई महिनामा सम्पूर्ण काम सक्न नसकिने र म्याद थप्नुपर्ने अध्यक्ष मल्लिकको भनाइ छ ।  सरकारले चाहेमा आयोगको म्याद एक बर्ष थपिन्छ । तर, म्याद थपिने नथपिने एकीन छैन । म्याद थप बारे अहिल्यै टुंगो नभइसकेको मेलमिलाप आयोगका अध्यक्ष गुरुङले जानाकारी दिए ।

Lokendra Mallik suryaman gurung

विशेष