ताजा खबर News

चैतमा चुनाव गराउन आयोग तयार छ : इला शर्मा

चैतमा चुनाव गराउन आयोग तयार छ  :  इला शर्मा

images मंसिर १६ । निर्वाचन आयोगका आयुक्त इला शर्माले सबै तहको निर्वाचन गराउन आयोग तयार रहेको बताएकी छन् । आयोगद्वारा आज यहाँ आयोजित ‘निर्वाचन कानुन र स्थानीय निर्वाचन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भनिन् , “हामीलाई निर्वाचन गराउन कम्तीमा चार महिनाको समय आवश्यक पर्छ र त्यो व्यवस्था भयो भने निर्वाचन गराउन सकिन्छ ।”

आयुक्त शर्माले निर्वाचनका लागि मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्य्विधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक भए आयोगले निर्वाचन गर्नसक्छ । पत्रकारहरुको जिज्ञासामा निर्वाचनले संविधान संशोधनका विषयलाई ओझेलमा नपार्ने बताउँदै उनले संविधान संशोधनको विषय राजनीतिक भएकाले यसमा आयोगको कुनै भूमिका नरहने स्पष्ट पारिन ।

आयोगले आफ्नो मर्यादा बिर्सेको छैन, निष्पक्ष, स्वतन्त्र निर्वाचन गराउनु नै आयोगको एकमात्र उद्देश्य रहन्छ ।   नेपालगञ्जमा गरिएको अन्तक्र्रियामा जिल्ला कार्यक्रम व्यवस्थापन समिति, राजनीतिक दल, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

Illa Sharma

विशेष