विदेश

नवनियुक्त पाकिस्तानी प्रधान सेनापति आतङ्कबादविरुद्ध लड्न प्रतिबद्ध

नवनियुक्त पाकिस्तानी प्रधान सेनापति आतङ्कबादविरुद्ध लड्न प्रतिबद्ध
0bajwaमंसिर - १६ । पाकिस्तानका नवनियुक्त प्रधान सेनापति जनरल कमार जावेद बाज्वाले आतङ्कबादविरुद्धको लडाइँलाई निरन्तरता दिने घोषणा गरेका छन्। पाकिस्तानी पूर्व सेनाधिपति जनरल राहिल सरिफले अवकाश प्राप्त गर्नु भएपछि नियुक्त हुनु भएको भोलिपल्ट जनरल बाज्वाले देशबाट आतङ्कबाद पूरै निर्मूल पार्न विश्राम नलिई यसैमा केन्द्रित हुने प्रतिबद्धता पनि प्रकट गर्नु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । सेनाले पाकिस्तानी तालिवानी र आतङ्कबादी विदेशी सशस्त्र विद्रोहीविरुद्ध कारबाही चलाइ सुरक्षा प्रदान गरिरहेको उत्तरी वजिरिस्तानको आदिबासी क्षेत्रको भ्रमणमा जानु भएका जनरल बाज्वाले सो अभिब्यक्ति दिएका हुन् । उत्तरी वजिरिस्तानको सो क्षेत्र धेरै वर्षसम्म आतङ्कबादी सशस्त्र विद्रोहीको कब्जामा रहेकोमा सन् २०१४ को जुनमा पाकिस्तानी सुरक्षा बलले तीब्र सैनिक कारबाही चलाई मुक्त गरेको थियो । कारबाहीका क्रममा बीरगति प्राप्त गर्ने सेनाका अधिकृत तथा जवानहरु र राष्ट्रिय प्रहरीबलका सुरक्षाकर्मीहरुको स्मरणमा श्रद्धान्जलि चढाउँदै जनरल बाज्वाले अब यस क्षेत्रमा कहिले पनि आतङ्कबाद फर्किन नदिने अठोट गरेका छन् । अफगानिस्तानको सीमाना पर्ने यस क्षेत्रको सुरक्षा ब्यबस्थालाई सुदृढ र प्रभावकारी पार्ने उद्देश्यले पाक–अफगानिस्तान सीमा सुरक्षा सम–सैन्य बल (प्यारामिलिटरी – फ्रन्टियर कप्र्स) अपरिहार्य रहेको बताउँदै यस सम्बन्धमा सो सुरक्षाबल शीघ्र खडा गर्न कदम चालेको पनि उनले बताए । पाकिस्तान र अफगानिस्तानबीचको दुई हजार छ सय किलोमिटर लामो र ठाउँ ठाउँमा बिकट पहाडी भूभाग रहेको सीमाक्षेत्रको सुरक्षा ब्यबस्था फितलो रहनाले सशस्त्र आतङ्कबादीहरुका लागि दुवैतर्फ आउजाउ गर्न सजिलो र सुरक्षित क्रिडास्थलसरह भै रहेको छ ।

army-chief-pakistan Obajwa

विशेष