News

डा केसीका माग सम्बोधन गर्न शिक्षा र स्वास्थ्यमन्त्रीलाई प्रधानमन्त्रीकाे निर्देशन

डा केसीका माग सम्बोधन गर्न शिक्षा र स्वास्थ्यमन्त्रीलाई प्रधानमन्त्रीकाे निर्देशन
puspa-kamal-dahal-prachanda मंसिर - १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सक डा गोविन्द केसीका माग सम्बोधन गर्न बिहीबार शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएर निर्देशन दिएका हुन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा रहेका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रधानमन्त्री त्यसमा चासो दिएका हुन् । प्रधानमन्त्रीसँगको भेटमा शिक्षामन्त्री पौडेलले चाँडोभन्दा चाँडो केसीका माग सम्बोधन गरेर अनशन तोड्ने वातावरण निर्माण गर्न लगाउने बताएका छन् । यसैबीच चिकित्सा शिक्षा सुधारका लागि रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको कार्यदलले बिहीबार सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । रासस

Dr. Gobinda Kc Prachanda Puspakamal Dahal

विशेष