कारखानामा विस्फोट, दुईको मृत्यु
मंसिर–१६ । दक्षिण भारतमा अवस्थित एक कारखाना विस्फोटमा परी कम्तीमा दुई कामदारको मृत्यु भएको छ । यस विस्फोटमा दुईको मृत्यु हुनको साथै अन्य १३ जना बेपत्ता रहेका सङ्टकालीन व्यवस्थापन विभागका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
बिस्फोटपछि आगलागी भइरहेको सो भवनबाट दुई व्यक्तिको शव निकालिएको र उद्धारकर्मीहरुले त्यहाँ फसेका व्यक्तिहरुलाई जिवीतै उद्धार गर्ने प्रयासमा रहेका सो विभागका अधिकारी जि सत्यानारायनले बताएका छन् । यस घटनामा १५ व्यक्तिको मृत्यु भएको आशङ्का भएको सत्त्यनारायनले बताएका छन् । सो दुर्घटना भएको अवस्था १८ कामदार कार्यरत रहेको बताइएको थियो ।
तर विस्फोटको केही समय अघि नै तीन व्यक्ति बाहिर निस्किएका दक्षिणी भारतीय राज्यका सङ्टकालीन व्यवस्थापन विभागका अधिकारी सत्यानारायननले एएफपी समाचार समितिलाई बताएका छन् ।
भारतमा यस प्रकारको घटना बारम्बार भएको पाइन्छ । गैर कानूनी रुपमा कारखाना सञ्चालन गर्ने कार्यले पनि यस्ता घटना दोहोरिने गरेको अधिकारीहरुको भनाई रहेको छ ।
blast in industry
south india