आफ्नो सवै व्यवसायबाट अलग हुने ट्रम्पको घोषणा
मंसिर - १६ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वार्थ बाझिन सक्ने भएकाले आफ्नो संपूर्ण व्यवसायबाट आफू अलग रहने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आगामी महिना आफ्नो परिवार नै कुनै व्यापार व्यवसायमा संलग्न नरहने घोषणा गर्ने योजना सार्वजनिक गर्ने बताएका हुन् ।
ट्विटमा लेखिएको छ, ’डिसेम्बर १५का दिन म न्यूयोर्कमा मेरा बच्चाहरु सहित ठूलो पत्रकार सम्मेलन गर्नेछु र मेरो राम्रो व्यवसाय सम्पूर्ण रुपमा छोड्नेछु ता कि देश सञ्चालनमा म केन्द्रित रहन सकुँ ।’
उहाँले आफ्नो व्यवसाय छोड्नु पर्ने कुनै कानुनी व्यवस्था नभएपनि राष्ट्रपतिका रुपमा व्यवसायबाट पृथक रहनु ठीक हुने ठानेर छोड्न लागेको स्पष्ट पारेका छन् ।
केहीगरी स्वार्थ बाझिएमा दुवैतर्फ अफ्ट्यारो पर्ने भएकाले व्यवसायबाट अलग हुने निर्णयमा पुगेको उनले उल्लेख गरे ।
आउँदो जनवरी २० तारिखदेखि उनले राष्ट्रपतिको जिम्मेबारी लिने कार्यक्रम छ । त्यस अगाडी नै उनले राष्ट्रपतिको मात्रै जिम्मेबारीमा रहने बताएका छन् । रासस÷एएफपी
Donald Trump
Trump