विदेश

गाम्बियामा इन्टरनेट र अन्तराष्ट्रिय फोन सेवामाथि प्रतिबन्ध

गाम्बियामा इन्टरनेट र अन्तराष्ट्रिय फोन सेवामाथि प्रतिबन्ध
मंसिर–१६ । राष्ट्रपतीय चुनावमा कुनै विरोधका कार्यक्रम हुन नदिन अफ्रिकी राष्ट्र गाम्बियामा इन्टरनेट र अन्तराष्ट्रिय फोन सेवामा प्रतिबन्ध लगाइएको छ । यसका साथै चुनावपछि कुनै पनि विरोधका कार्यक्रम गर्न पनि रोक लगाइएको छ । गाम्बिया स्वतन्त्र राष्ट्र भएदेखि नै त्यहाँ शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुन सकेको छैन । गाम्बियामा राष्ट्रपति छनौटका लागि अनौठो उपाय अवलम्बन गरिन्छ । त्यहाँका मतदाताले मतपेटीकाबाट नभइ गुच्चा प्रयोग गरेर राष्ट्रपति छनौट गर्छन् । विभिन्न रङका गुच्चा ड्रममा खसालेर मतदाताले मतदान गर्छन् । देशमा साक्षरता दर निकै कम रहेको साथै धाँधली हुन नदिन यस्तो विधि अपनाइएको हो । राष्ट्रपतिका लागि एडमा ब्यारो र राष्ट्रपति याहया जमेहबीच प्रतिस्पर्धा रहेको छ ।

gambia

विशेष