News

संशोधनकाे विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

संशोधनकाे विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन
मंसिर – सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा काठमाडौँमा प्रमुख विपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको छन् । संशोधन विधेयकको विरोधमा एमालेका दुबै संगठनले काठमाडौंको पुतलिसडकमा बिहीबार साँझ विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन पुतलिसडकमा पुगेर अन्त्य भएको थियो। विरोध प्रदर्शनमा सहभागीहरुले आकोशित हुँदै नारावाजीसँगै प्रधानमन्त्रीको पुत्लासमेत जलाएका थिए । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा देशैभर प्रदर्शन भइरहेका छन्।

Putla

विशेष