ताजा खबर विदेश News

थाइल्याण्डमा नयाँ राजा

थाइल्याण्डमा नयाँ राजा

thiland मंसिर १७ । थाइल्याण्डमा युवराज महावचिरालङकनलाई नयाँ राजा घोषित गरिएको छ । ७० वर्षसम्म शासन गरेका राजा भूमिबोलको गएको अक्टोम्बर १३ तारिखमा निधन भएपछि युवराजलाई राजा बनाइएको हो ।

झण्डै डेढ महिना अघि आफ्ना पिता भूमिबोल अदुन्यदेतको निधनपछि युवराज महावचिरालङकन नयाँ राजा घोषित भएका विविसीले जनाएको छ । बिहीबार थाइल्याण्डको एक टेलिभिजनमा प्रत्यक्ष प्रसारित एक समारोहमा युवराजले नयाँ राजा बन्न संसदले गरेको निमन्त्रणा स्वीकार गर्नुभएको थियो ।

थाइल्याण्डमा राजसंस्थालाई निकै सम्मान गरिन्छ । तर युवराज आफ्ना स्वर्गीय पिता जत्तिकै लोकप्रिय हुनसक्लान् कि नसक्लान् भन्नेबारे आशंका गरिएको छ । आफ्ना बाबुको जस्तै सम्मान कायम राखिराख्न ६४ वर्षिय युवराजलाई चुनौति हुने अनुमान गरिएको विविसीले जनाएको छ ।

विशेष