ताजा खबर राजनीति News

ओलीले प्रधानमन्त्री प्रचण्डलाई तपाईको अनुहार हेर्न पनि मन छैन भनेपछि...

ओलीले प्रधानमन्त्री प्रचण्डलाई तपाईको अनुहार हेर्न पनि मन छैन भनेपछि...

oli मंसिर १७ । सभामुख ओनसरी घर्तीले बिहिबार संसद बैठक स्थगित भएको घोषणा गरे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल एमाले अध्यक्ष ओलीसँग हात मिलाउन ओली बसेकै कुर्सीसम्म पुगेका थिए ।

त्यस क्रममा प्रधानमन्त्री दाहालले संशोधनलगाएतका विषयमा कुरा गरौं भनी ओलीसंग आग्रह गरेका थिए । तर जवाफमा अध्यक्ष ओलीले तपाईको त अनुहार पनि हेर्न पनि मन छैन भनि जवाफ फर्काएको एमाले सांसद रवीन्द्र अधिकारी लगायतले सुनेका थिए ।

ओलीको जवाफ पछि दाहालले त्यसरी कहाँ हुन्छ कुरा गर्नुपर्छ नि भनेर जवाफ दिएका थिए । ओलीले कुरा गर्न नमानेपछि दाहाल त्यत्तिकै बाहिरिएका थिए ।

एमालेको असहतिमै संशोधनको प्रस्ताव ल्याएको भन्दै एमाले अध्यक्ष ओली आक्रोशित भएका थिए । दाहालले बुधबार साँझ बोलाइएको चार दलको शीर्ष बैठकमा ओली अनुपस्थित भएका थिए ।

अन्नपूर्ण पोष्ट्

KP Oli Prachanda Puspakamal Dahal

विशेष