ताजा खबर प्रवास News

बेलायतको बग्गीमा नेपाली दम्पती

बेलायतको बग्गीमा नेपाली दम्पती

Baggi मंसिर १७ । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत दुर्गाबहादुर सुवेदी र उनकी श्रीमति घोडाले तान्ने बग्गीमा चढेर राजदरबार पुगेका छन् । बेलायतमा राजदूतले आफ्नो ओहोदाको प्रमाण पेश गर्न जाँदा विशेष बग्गीमा जानुपर्ने परम्परा रहिआएको छ । उनी पनि यही परम्परा पछ्याउँदै बिहीबार दिउँसो बकिङ्गहम् प्यालेस पुगे । महारानी एलिजावेथ अलेग्जेण्डर मेरीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरे ।

get_img

राजदरबारमा आयोजित विशेष समारोहमा उनले नेपाल र बेलायतबीचको दुई सय वर्ष पुरानो मैत्री सम्वन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्घता जाहेर गरेका थिए । साथै, राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानीको ब्यक्तिगत सुख र सुस्वाथ्यका तथा बेलायती जनताको निरन्तर शान्ति, प्रगति एवं समृद्धिका लागि पठाएको सन्देश पनि सुनाए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको तर्फबाट पठाएको शुभेच्छा तथा शुभकामना पनि सँगसँगै पेश गरेका थिए । महारानीले राजदूत सुवेदीको कार्यकालको सफलताको लागि शुभकामना दिइन् ।

Durga Prasad Subedi Landon Neplai

विशेष