ताजा खबर विदेश News

भारतद्वारा नेपाललाई १ सय २१ रनको चुनौती

भारतद्वारा नेपाललाई १ सय २१ रनको चुनौती

cricket-team

मंसिर १७ । थाईल्याण्डमा जारी एसीसी महिला क्रिकेटअन्तरगत आफ्नो अन्तिम खेलमा नेपालले १ सय २१ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २० रनको उच्च चुनौती दिएको हो ।

नटआउट रहँदै शिखा पाण्डेले ३९ र कप्तान हरमनप्रित कौरले १४ रन जोडेपछि भारत उच्च योगफल बनाउन सफल भयो । दुवैले छैठौं विकेटका लागि ६ ओभर ४ वलमा ५१ रनको साझेदारी गरे ।

कप्तान रुबिना क्षेत्रीले २ तथा सीता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिए । भारत आजको खेलमा विजयी भए सतप्रतिशत नजिता सहित शीर्ष स्थानमा रहंदै फाईनलमा प्रवेश गर्ने छ भने नेपाल अंक बिहिन हुदै घर फर्कने छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Acc woman Cricket

विशेष