News

संयोजनकारी भूमिका निर्बाह गर्न सभामुख घर्तीलाई राष्ट्रपतिकाे अाग्रह

संयोजनकारी भूमिका निर्बाह गर्न सभामुख घर्तीलाई राष्ट्रपतिकाे अाग्रह
onsari-gharti-magar-bidhya-debi-bhandari
मंसिर - १६ । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका– संसदमा भईरहेको पछिल्लो गतिविधि र यही मङ्सिर ५ गतेदेखी ११ गतेसम्म आफूले गरेको रसिया भ्रमणवारे जानकारी गराएकी थिइन् । सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलबीच संसदमा देखिएको बेमेलको अवस्था अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतका नेतासंग छुट्टाछुट्टै छलफल गरेको जानकारी गराए भएको उनका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए । छलफलका क्रममा दलका नेताहरुले सहमतिका साथ अघि बढ्न प्रतिवद्ध रहेको बताएकाले सहमतिको वातावरण बनाउन आफू सदैव तयार रहेको जानकारी सभामुख घर्तीले राष्ट्रपतिलाई गराइन् । राष्ट्रपति भण्डारीले दलहरुबीचको असहमति हटाएर सहमति जुटाउन संयोजनकारी भूमिका निर्बाह गर्दै संसदका गतिविधि अघि बढाउन सभामुख घर्तीलाई आग्रह गरेकी थिइन् । रासस
 

Bidhay Debi Bhandari Onsari Ghartimagar

विशेष