विदेश

थाइल्यान्डमा नयाँ राजाद्वारा आफ्नो पिताको सम्झना

थाइल्यान्डमा नयाँ राजाद्वारा आफ्नो पिताको सम्झना
मंसिर–१७ । थाइल्यान्डका नयाँ राजा महा भाजिरालोङकोर्नले आफ्ना स्वर्गिय पिताको सम्झनामा शुक्रबार प्रार्थना गरेका छन् । पिताको देहावसानपछि राजा नियुक्त हुनुपर्ने महा भाजिरालोङकोर्नको औपचारिक राज्यारोहन झण्डै सात हप्ता ढिला भएको थियो । उनी राजा बन्ने भएपछि पहिलो पटक प्रार्थनाका लागि बैंककको ग्राण्ड प्यालेसमा देखिएका थिए । टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको प्रार्थना समारोहमा नयाँ राजा महा भाजिरालोङकोर्नलाई पहिलो झलकको रुपमा देखिएको थियो । उनका पिता भूमिबोल अदुल्यादेजको गत अक्टोबार १३ मा सात दशक लामो शासनकाल पछि ८८ वर्षको अमेरमा निधन भएको थियाे । थाइल्यान्डमा राजगद्दी उत्तराधिकारीसम्बन्धी नियम गोप्य रहेको छ र उत्तराधिकारी हुन अनेकौँ चरणका प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ । चौँसठ्ठी वर्षीय युवराज भाजिरालोङकोर्नलाई चार दशक अगाडि नै नरेश भूमिबोल अदुल्यादेजको उत्तराधिकारीको रूपमा घोषणा गरिएको थियो । नयाँ राजाको नियुक्तीसँगै थाइल्याण्ड फेरी नयाँ र अनिश्चित युगमा प्रवेश गरेको छ । भुमिबोललले सङ्कटको समयमा मध्यस्थकर्ताको ख्याति कमाएको भएपनि नयाँ राजाले त्यस्तो भूमिका खेल्नेमा धेरैले आशङ्का गरेका छन् । उनले विमानचालक सम्बन्धि तालिम लिएका छन् । थाइल्याण्डमा एक वर्षको शोक अवधिसम्म अन्त्येष्टिको संस्कार कायम रहन्छ र युवराज भाजिरालोङकोर्नले राजकुमारी सिरिनधोर्नलाई सो कामको जिम्मेवारी सुम्पीएका छन् । स्वर्गीय नरेशको अन्त्येष्टिको संस्कार सम्पन्न भएपछि मात्र नयाँ नरेशलाई श्रीपेच पहिर्याउने चलन छ । थाइल्याण्डमा राजसंस्थाका बारेमा कडा नियमकानुन छ भने सञ्चार मध्यमहरुलाई पनि निकै सिमित स्वतन्त्रता मात्रै दिइएको छ । गएको दशकमा थाइल्यान्डमा राजनीतिक प्रदर्शन तथा सेनाद्वारा शासन लिने चक्र चलेको थियो भने असमानता अझै गहन बनेको बताइएको छ । सन् २०१४ मा पनि सेनाले शासन आफ्नो नियन्त्रणमा लिएको थियो ।

Thailand King

विशेष