ताजा खबर News

आइओएमका डिन सिंहद्वारा राजीनामा

आइओएमका डिन सिंहद्वारा राजीनामा
keshab-prasad-sing111 मंसिर – १७ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले पदबाट राजीनामा दिएका छन् । सिंहले शुक्रबार पत्रकार सम्मेलन गरेर राजीनामा बारे जानकारी दिएका हुन । सिंहले शुक्रबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष राजीनामा दिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सा शिक्षा सुधारका लागि १९ औँ दिनसम्म आमरण अनशनमा रहेका डा. गोविन्द केसीले आईओएमका डिन डा. सिंहको राजीनामा माग गर्दै आएका थिए । अनसनरत डा गोविन्द केसीले वरिष्ठताका आधारमा जगदीश अग्रवाललाई डिन नियुक्ति गर्नुपर्ने माग थियो । https://twitter.com/rambohara/status/804616376220430336

KP Sing

विशेष