News

सांसद मैनालीले प्रधानमन्त्रीलाई 'बहुला' कुकुरले टोकेको भनेपछि संसदमा हंगामा, बैठक आइतबारसम्मका लागि स्थगित

सांसद मैनालीले प्रधानमन्त्रीलाई 'बहुला' कुकुरले टोकेको भनेपछि संसदमा हंगामा, बैठक आइतबारसम्मका लागि स्थगित
cp_mainali मंसिर – १७ । नेकपा मालेका सांसद सिपी मैनालीले दिएको अभिव्यक्तिले व्यवस्थापिका संसद्मा हंगामा भएको छ । सांसद मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बहुला कुकुरले टोकेको भन्ने अभिव्यक्ति दिएपछि संसदमा हंगामा भएको हो । मैनालीले दिएको अभिव्यक्तिलाई नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय मर्यादा विपरितको भाषा बोलेको भन्दै नियमआपत्ति जनाएपछि संसदमा हंगामा भएको थियो । सांसद् खतिवडाले आपत्ति जनाएलगत्तै मैनालीले ‘मैले मान्छेलाई भनेको होइन’ भन्दै स्पष्टिकरण दिए । संसद मैनाली स्पष्टिकरण दिए पनि उनको बोलीलाई लिएर हंगामा भएपछि सभामुख ओनसरी घर्ती मगरले उक्त भनाइ संसदीय रेकर्डबाट हटाउन निर्देशन दिएकी छिन् । सभामुखको निर्देशनपछि सुरु भएको बैठक एमाले सांसदले अवरुद्ध गरेपछि आइतबारसम्मका लागि पुनः स्थगित भएको छ । सरकारले संसदमा पेश गरेको संविधान संशोधन सम्बन्धी विधेयकको प्रस्ताव राष्ट्रघाती भएको भन्दै बिहीबार समेत एमालेले संसद् अवरुद्ध गरेको थियो ।

CP mainali

विशेष