News

संशोधनले अस्थिरता र अन्योल बढाउँछ : सचिव भट्टराई

संशोधनले अस्थिरता र अन्योल बढाउँछ : सचिव भट्टराई
मंसिर–१७ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावले मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेल्ने बताएका छन् । शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमालेका प्रचार विभागका प्रमुखसमेत रहनुभएका योगेश भट्टराईले तिनै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयनमार्फत लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको दिशातिर अघि बढ्नुपर्नेमा औचित्य र आवश्यकताबिनाको संशोधन बाँदरको घाउसरह हुन्छ भने । कार्यान्वयनको अभ्यासमै नगई सीमाङ्कनको हेरफेर गरिनु संविधानको भावनाविपरीत भएको भन्दै उनले एमालेले आन्दोलनबाट संविधान संशोधनको प्रस्ताव असफल बनाउने नीति लिने बताए।

constitution commendment CPN UML

विशेष