News

मेलम्चीमा सुन भेटिएको आशंका

मेलम्चीमा सुन भेटिएको आशंका
मंसिर – १७ । मेलम्ची नदीको पहाड काट्ने क्रममा सुन भेटिएको आशंका गरिएको छ । मेलम्ची आयोजनाको हेडवर्क्स निमाणको क्रममा पहेँलो पदार्थ (सुन) भेटिएको आशंका गरिएको हो । मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा पहेँलो पदार्थ भेटिएकोपछि महत्वपूर्ण खनिज भएको हुन सक्ने आशंकामा हेडवर्क्स निर्माणको काम रोकिएको छ । पहेंलो पदार्थ भेटिएपछि सुरक्षाको कारण काम तत्कालका लागि रोकिएको बताइन्छ । एक अनलाइनले उल्लेख गरे अनुसार पहाड काट्दा निस्कएको माठोमा चम्किलो पहेँलो कणहरु देखिएका छन् । त्यो के पदार्थ हो भन्ने त्यहाँ खटिएका इञ्जिनियरले पत्ता लगाउन सक्ने अवस्था छैन ।

gold Melamchi sun

विशेष