विदेश

कारबाहीमा पाँच तालिवान मारिए

कारबाहीमा पाँच तालिवान मारिए
मंसिर–१७ । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डमा आतङ्ककारी लुकेर बसेको इलाकालाई लक्ष्यगरी अफगान सैनिकले जारी राखेको कारबाहीको क्रममा बम बनाउन निपूर्ण पाँच तालिवान आतङ्ककारी मारिएका छन् । अफगानिस्तानको गृह मन्त्रालयलृ शुक्रबार सो जानकारी दिएको छ । तालिवान कमाण्डर हक्तार मोहमदको नेतृत्वमा विस्फोट पदार्थ र बारुदी सुरुङ्ग बनाउन निपूर्ण पाँच आतङ्ककारी मारिएका मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । हेलमान्ड प्रान्तको नाद अलि जिल्लामा जारी कारबाहीमा परी ती आतङ्ककारीहरु मारिएका हुन । कारबाहीको क्रममा प्रहरीले विस्फोटक पदार्थ र हातहतियारसमेत कब्जा गरेको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । अर्कोतर्फ अफगान सुरक्षाबलले आतङ्ककारीविरुद्ध बिहीबार देशभरी जारी राखेको कारबाहीको क्रममा १५ आतङ्ककारी मारिनुको साथै अन्य नौ जना घाइते भएका छन् ।

Afghanistan taliwan

विशेष