News

विद्युत् बढी खपत गर्ने उपकरण नचलाउन आग्रह

विद्युत् बढी खपत गर्ने उपकरण नचलाउन आग्रह
save-electricity-tips मंसिर - १७ । ऊर्जा मन्त्रालयले साँझको समयमा विद्युत् बढी खपत गर्ने ठूला उपकरण नचलाउन उपभोक्तालाई आग्रह गरेको छ । ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले आज विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा बढी विद्युत् माग हुने बिहान पाँच बजेदेखि आठ बजेसम्म तथा बेलुका साढे पाँच बजेदेखि साढे आठ बजेसम्म ठूला उपकरण नचलाउन आग्रह गरेका हुन्। मन्त्रालयले सो समयभन्दा बाहेकको समयमा विद्युत् बढी खपत हुने उपकरण प्रयोग गर्दा हुने जनाएको छ । मन्त्रालयले विद्युत् चुहावटसम्बन्धी सूचना प्राप्त भएमा सोको जानकारी मन्त्रालयको गुनासो व्यवस्थापन एकाइमा उपलब्ध गराई सहयोग गर्नसमेत आग्रह गरेको छ । प्राधिकरणका अनुसार मुलुकभर हाल एक हजार २८६ मेगावाट विद्युत् माग रहेको छ । नदीमा जलप्रवाह घटन थालेका कारण साँझको समयमा विद्युत् बढी खपत गर्ने उपकरण प्रयोग नगर्न अनुरोध गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । रासस

Electricity electricity hooking

विशेष