News

जेसिसको लागूऔषधविरुद्धको अभियान

जेसिसको लागूऔषधविरुद्धको अभियान
jcis मंसिर – १७, परासी । संयुक्त जेसिज सप्ताह २०१६ अन्तर्गत सत्पाहव्यापी कार्यक्रमको शुक्रबार छैठाैँ दिन लागूऔषध न्युनिकरण विषय अन्तरकृया कार्यक्रम गरिएकोे छ । नवलपरासीको सिमावर्ती क्षेत्र रमपुरवा गाविसस्थित महसपुर नाकामा सम्बन्धित निकाय र स्थानिय युवाहरुबीच सो अन्तकृया कार्यक्रम सम्पन्न गरिएको हो । पछिल्लो समयदेखि जिल्लामा बढदो लागूऔषधको प्रयोग तथा युवाहरुको बढि संलग्नताले जिल्लामा ठूलै किसिमको विकृति फैलिएदै गएको छ । लागूऔषध न्युनिकरण गर्न एवं बढदो विकृत हटाउन विभिन्न ठाउँमा होर्डिङ्ग बोर्ड लगाउने, विभिन्न जनचेतनामुलक कार्यक्रमगर्ने र सम्बन्धित नियकले सिमा क्षेत्रमा निगारनी बढाउन कार्यक्रममा वक्ताहरुले धारणा व्यक्त गरेका थिए । रामग्रम जेसिज, रामग्राम महिला जेसीज, सुनवल जेसिज, रामनगर जेसिजको संयुक्त आयोजनामा भएको लागूऔषध न्युनिकरण अन्तरकृया कार्यक्रममा युथ जेनेरेशन लागूऔषधको बढि सिकार भैरहेको कारण पत्ता लगाउन जरुरी रहेको वक्ताहरुले साझा धारणा राखेका थिए । रामग्राम महिला जेसिजको अध्यक्ष प्रभा ज्ञवालीको अध्यक्षतमा भएको कार्यक्रम कार्यक्रम प्रमुख अतिथि तथा रमपुरवा गाविस सचिव पारसनाथ बर्मा, रामग्राम जेसिज अध्यक्ष सुरज पाण्डे, सुनवल जेसिज लेखनाथ गौतम, रामनगर जेसीज अध्यक्ष बलराम चापागाई, पुर्व रामग्राम जेसिज अध्यक्ष, शिव कुमार खडका, श्रीधर बस्याल, रामग्राम जेसिज महासचिव अनिल शर्मा, रामग्राम महिला जेसिज महासचिव रम्भादेवी कुँवर, परासीपत्रका प्रंकाशक हरि शर्मा, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय लगायतले जिल्लामा बढदो लागु औषध दुव्र्यसनीको मुख्य कारण पत्ता लगाई यसको न्युनकिरणमा हामी सबै एकजुट भई लाग्न पर्ने धारणा राख्नु भएका थिए ।
– रविन्द्र यादव, नवलपरासी

drugs Jesis

विशेष