News स्वास्थ्य

अंग प्रत्यारोपण सम्बन्धी नियमावली पारित, ब्रेन डेथ भएकाकाे अंग प्रत्यारोण गर्न सकिने

अंग प्रत्यारोपण सम्बन्धी नियमावली पारित, ब्रेन डेथ भएकाकाे अंग प्रत्यारोण गर्न सकिने
[caption id="attachment_42181" align="alignleft" width="300"]? ?[/caption] मंसिर - १७ । सरकारले मानव अंग प्रत्यारोपण सम्बन्धी नियमावली २०७३ पारित गरेको छ । नियमावली पारितसँगै नेपालमा ब्रेन डेथ भएका मानिसबाट विभिन्न अंगहरु निकालेर अर्को व्यक्तिमा प्रत्यारोणको बाटो खुलेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले आठ वर्ष देखि अल्झिएर बसेको मानव अंग प्रत्यारोपण सम्बन्धी नियमावलीलाई पारित गरेको हो । यो नियमावली पारित गराउन स्वास्थ्य मन्त्री गगनकुमार थापाको सक्रियतामा प्रधानमन्त्री सहित मन्त्रीपरषद् कार्यालयका उच्च अधिकारी, मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ लगायतको साथ र सहयोग प्रशंसनीय रहेको मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले बताए। प्रधानमन्त्री नियमावली पारितसँगै दुर्घटना तथा अन्य कारणबाट हुने ब्रेन डेथ(मस्तिष्क मृत्यू) भएका मानिसहरुको अंगलाई प्रत्यारोण गर्न पाईने भएको छ । मानव अंग प्रत्यारोण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नियमावली बने पछि अब प्रत्यारोपणको पर्खाईमा बसेकाहरुलाई सहज हुने बताए । विभिन्न अध्ययनको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मात्रै हरेक वर्ष एक हजार जना भन्दा बढीको ब्रेन डेथपछि मृत्यु हुने गरेको छ । डा श्रेष्ठका अनुसार ब्रेन डेथपछि मृत्यु भएएकाहरुबाट दुई वटा मृगौला, दुई वटा फोक्सो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा, आँखा लगायतका आठ वटा मानवअंगलाई अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । आठ वटा अंग प्रत्यारोपण गर्न मिल्ने भए पनि नेपालमा तत्कालका लागि मृगौला प्रत्यारोपणलाई प्राथकिमता दिइने केन्द्रका निर्देशक डा श्रेष्ठको भनाई छ ।  ब्रेन डेथ भएका मध्येबाट २० प्रतिशतको मात्र अंग निकाल्न सकियो भने पनि करिब चार सय जनाको मृगौला प्रत्यारोण गर्न सकिने डा श्रेष्ठको दावी छ । आठ वर्ष देखि अल्झिएको नियमावली स्वास्थ्य मन्त्री गगन कमुार थापाको पहल र तदारुकतामा पारित हुनुले आफूहरुलाई उत्साहित बनाएको केन्द्रका निर्देशक डा श्रेष्ठले बताए । नियमावलीले विषेश गरि मृगौला प्रत्यरोणको लागि पर्खाइमा बसेकाहरुलाई फाइदा पुग्ने छ । अंग प्रत्यारोपणका लागि महिलालाई प्राथमिकता दिइने व्यवस्था पनि नियमावलीमा गरिएको छ । ब्रेन डेथ भएकाहरुको परिवारका सदस्यहरुले अंगदान गर्ने अनुमति दिएमा वा मृतकले मृत्यू पूर्व अंगदान गर्ने अनुमति दिएको अवस्था ब्रेनडेथ भएका मृतकको अंगलाई प्रत्यारोपण गर्न सकिने डा श्रेष्ठले जानकारी दिए । अवदेखि हरेक अस्पतालले कसैको बे्रन डेथबाट मृत्यु भएमा तत्काल मानव अंग प्रत्यारोपण केन्द्रलाई खवर गर्नु पर्ने र अंग प्रत्यारोपण गर्नु पर्ने व्यक्तिले केन्द्रमा सुचिकृत हुनु पर्ने व्यवस्था पनि नियमावलीमै गरिएको छ । नेपालमा अहिलेसम्म मानव अंग प्रत्यारोपण सम्बन्धी ऐन भए पनि नियमावलीको अभावमा नातेदारले मात्र अंग दिन पाउने व्यवस्था थियो । तर ब्रेनडेथ भएकाहरुको अंग पुन प्रयोगमा ल्याउन पाइने व्यवस्था भने थिएन । मानव अंग प्रत्यारोपण केन्द्रले ब्रेनडेथ भएकाहरुको अंगलाई सुरक्षित तबरले निकाल्ने र तत्काल प्रत्यारोपण गर्न स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरिसकेको छ ।

Gagan Thapa Organ Donation

विशेष