News

संविधान संशोधन नगर्न विरोध प्रदर्शन

संविधान संशोधन नगर्न विरोध प्रदर्शन
मंसिर–१७ । नेकपा (एमाले) का भ्रातृ सङ्गठन युवा सङ्घ र अनेरास्ववियुले संविधान संशोधन नगर्न आग्रह गर्दै आज विरोधसभा गरेका छन् । सरकारले व्यस्थापिका–संसद्मा दर्ता गराएको उक्त प्रस्तावले पहाड र तराईका जनताबीच सदियौँ पुरानो एकता टुटाउने हुँदा त्यसलाई फिर्ता लिन सरकारसमक्ष उनीहरुले माग गरेका छन् । सरकारलाई दबाब दिने उद्देश्यले बानेश्वर तथा त्यस आसपास क्षेत्रमा गरिएको विरोध प्रदर्शनमा सहभागी दुवै सङ्गठनका नेता तथा कार्यकर्ताले सो प्रस्ताव देश र जनताका पक्षमा नरहेकाले त्यसलाई चाँडो फिर्ता लिन सुझाएका थिए । सभामा युवा सङ्घका अध्यक्ष राजीव पहारीले ‘मुलुकको अखण्डतामा आँच ल्याउनका लागि सुनियोजित तरिकाले ल्याइएको प्रस्तावविरुद्ध’ लाग्न सबैलाई आग्रह गरे । अनेरास्ववियुका कावा अध्यक्ष महेश बर्तौलाले संविधान समयसापेक्ष परिवर्तन हुँदै जाने दस्तावेज भए पनि ‘देश र जनताको एकता भाँड्ने नियतबाट ल्याइएको सो प्रस्ताव’ विरुद्ध सबै नागरिकलाई एकताबद्ध गरी अगाडि बढ्ने बताए ।

CPN UML

विशेष