विदेश

आयरल्याण्डका २० प्रतिशत घरपरिवार भाडामा बस्छन्

आयरल्याण्डका २० प्रतिशत घरपरिवार भाडामा बस्छन्
मंसिर–१७ । आयरल्याण्डमा हरेक पाँच घरपरिवार मध्ये एक परिबार बहालमा बस्ने गरेको पाइएको छ । बिहीबार प्रकाशित यस वर्षको पछिल्लो चौमासिक अवधिको घरभाडा सूचकांक विवरणअनुसार अघिल्लो वर्षको चौमासिक अवधिभन्दा भाडामा बस्नेहरुको सङ्ख्यामा बृद्धि भएको छ । इकोनोमिक एण्ड सोसियल रिसर्च इन्स्टीच्युट नामक एक अनुसन्धान संस्थाले तयार पारेको विवरणमा डब्लिनमा ९.७ प्रतिशत वृद्धिदर रहेको अनुसन्धानले देखाएको छ । यद्यपि, डब्लिन बाहिरका क्षेत्र तथा शहर बजारमा १२ प्रतिशतका दरले घरभाडा दरमा वृद्धि भएको छ ।

ireland

विशेष