मंसिर - १७ । पाँच नम्बर प्रदेशका पहाड र तराईका जिल्ला टुक्र्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध शुक्रबार तेस्रो दिन पनि बुटबलमा विशाल सभाको आयोजना गरिएको छ । बुटलमा भएको विशाल सभामा २०६२ २०६३ को जनआन्दोलनमा भन्दा बढी नागरिक सहभागी भएका छन् ।

प्रदेश नम्बर ५ सयुक्त संघर्ष समितिका नाममा प्रदेशका १२ वटै जिल्लाका एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, माले लगायतका दलको अगुवाइमा विरोध प्रदर्शन भएको हो ।
सभालाई प्रमुख प्रतिपक्ष एमाले उपमहासचिव एंव रुपन्देही—४ का सांसद विष्णु पौडेल, सत्तारुढ माओवादी केन्द्रका संसदीय दलका उपनेता एंव अर्घाखाँची—२ का सांसद टोपबहादुर रायमाझी, कांग्रेस केन्द्रीय सदस्य एंव गुल्मी—२ का सांसद चन्द्र भण्डारी तथा एमाले नेताहरु घनश्याम भुसाल, प्रदीप ज्ञवाली र गोकर्ण विष्ट लगायतले सम्बोधन गरे ।

सर्वसाधारणसमेत स्वतस्फूर्त जुलुसमा सहभागी भएका थिए । कार्यकर्ता तथा समर्थकलाई उतार्न बन्दकर्ताहरुले अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु रुपन्देहीलगायतका जिल्लामा आव्हान भएको बन्द खुकुलो बनाएका थिए ।
दिउँसो राजमार्ग चौराहाबाट सुरु भएको विशाल जुलुस मिलनचोक, बसपार्क, पुष्पलाल पार्क, अस्पताल लाईन हुँदै ट्राफिक चोकमा गएर सभामा परिणत भएको थियो । जुलुसले बुटवलको करिब १ किलोमिटर सडक ढाकेको थियो ।
Butawal
Butawal Banad