News

५० हजार बन्डल जस्तापातामा खिया

५० हजार बन्डल जस्तापातामा खिया

मंसिर–१७ । भूकम्पपछि सरकारी संरचना निर्माणमा प्रयोग गर्न खरिद गरिएको ५० हजार बन्डल जस्तापाता प्रयोगमा आउन नसक्दा अलपत्र व्यवस्थामा छ ।

भूकम्पले भत्काएर स्वास्थयचौकी, विद्यालय र सरकारी भवन निर्माण गर्न १६ महिनाअघि भारतबाट किनेर ल्याइएको करिब ३० करोड रुपैयाँ मूल्यको जस्तापाता प्रयोगमा नआएपछि खिया लागेर बिग्रिने अवस्थामा पुगेको छ ।

भूकम्पपछि स्वदेशी उद्योगले जस्तापाताको माग धान्न नसक्दा सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट जस्तापाता किनेर ल्याएको थियो । भारतबाट ल्याइएको जस्तापाता वीरगन्ज र काठमाडौँमा थन्किएका छन् । सरकारले उक्त जस्तापाता आयातमा कर छुट दिएको थियो तर प्रयोगमा नआएपछि कर्पोरेसनलाई ठूलो व्ययभार परेको छ । –नागरिक दैनिकबाट

विशेष