विदेश

३७ वर्ष पछि ताइवान–अमेरिकाका राष्ट्रपतिबीच फोनवार्ता

३७ वर्ष पछि ताइवान–अमेरिकाका राष्ट्रपतिबीच फोनवार्ता

donald-trumpमंसिर–१८ । अमेरिकाका राष्ट्रपति पदमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले ३७ वर्षसम्म रहेको नीति विपरित ताइवानका राष्ट्रपति साई इंग वेनसँग टेलिफोन वार्ता गरेका छन् । उनले टेलिफोनबाट आर्थिक, राजनीतिक तथा सुरक्षा क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी गरेका हुन् । सहकार्य विषयका साथ ट्रम्पलाई फोनबाट बधाई पनि दिएको उनले ट्वीटमार्फत सार्वजनिक गरेका थिए । सन १९७९ मा औपचारिक सम्बन्ध टुटेपछि ताइवानसँग अहिलेसम्म कुनै पनि राष्ट्रपतिले कुरा गरेका थिएनन् । ३७ वर्षपछि ट्रम्प पहिलो अमेरिकी राष्टपति बनेका छन् जसले नीति विपरित गएर ताइवानका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरे ।

चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा हेर्ने गरेको छ भने ताइवानले आफू स्वतन्त्र राष्ट्र रहेको बताउँदै आएको छ । ट्रम्पको कार्यले चीन र अमेरिकाबिचको सम्बन्धमा समस्या आउनसक्ने अनुमान गरिएको छ ।

विशेष