विदेश

चीनमा कोइलाखानी विस्फोट, २१ जनाको मृत्यु

चीनमा कोइलाखानी विस्फोट, २१ जनाको मृत्यु
मंसिर - १८ । चीनमा कोइलाखानीमा विस्फोट हुँदा शुक्रबार राती २१ जनाको मृत्यु भएको छ । चीनको हेइलोङजिआङ क्षेत्रमा बिहीबार भएको दुर्घटनामा २१ जनाको मृत्यु भएको चिनियाँ सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् । साँझ ९ बजेकोे समयमा क्विताइहे सहरमा एक निजी कोइला खानीमा विष्पोट भएपछि उक्त ठाँउमा २२ जना खानीभित्र थुनिएका थिए । मृतकका शव तथा केही जिवित कामदारलाई खानी बाहिर ल्याउने प्रयासस्वरुप उद्धारकार्य जारी राखिएको चिनियाँ अधिकारीले बताएका छन् । रासस÷सिन्ह्वा

कोइलाखानी चीन

विशेष