बन्दका क्रममा मोटरसाइकल तोडफोड
मंसिर १८ । प्रदेश टुक्राउन लागेको विरुद्धमा भएको अनिश्चितकालीन गुल्मी बन्दको चौँथो दिन शनिवार आन्दोलकारीले एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।
बन्दको अवज्ञा गरी सवारीसाधन सञ्चालन गरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासस्थित क्याम्पस रोडमा लु ९ प ४३३३ न ंको मोटरसाइकल तोडफोड गरेका छन् भने पाँचवटा नियन्त्रणमा लिएका छन् ।
पाँच नं प्रदेश टुक्राउने गरी सरकाले संसदमा पेस गरेको संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग राखी गुल्मी बन्दको घोषणासहित आन्दोलनमा उत्रिएका जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, संघ सस्था, नागरिक समाज, उद्योगी तथा व्यापारी, विद्यार्थी संघ संगठनले शनिवार पनि जिल्लामा विरोध प्रदर्शन गरिराखेका छन् ।
संयुक्त आन्दोलन संघर्ष समितिले आयोजना गरेको अनिश्चितकालीन गुल्मी बन्दका कारण जिल्लाका सम्पूर्ण बजार तथा सवारी साधन ठप्प भएका छन् । यातायातका सवारी साधन ठप्प भएपछि सेवाग्राही र अन्य सर्वसाधारणलाई सदरमुकाम तम्घास आवतजावत गर्न निकै समस्या परेको छ ।
gulmi ma motorbike todfod