दक्षिण कोरियाली राष्ट्रपति विरुद्धको प्रदर्शन छैठौं हप्ता पनि जारी [फाेटाे फिचर]
![दक्षिण कोरियाली राष्ट्रपति विरुद्धको प्रदर्शन छैठौं हप्ता पनि जारी [फाेटाे फिचर]](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/images/2016/12/South-Korea-Politics-7.jpg)

मंसिर - १८ । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यूज हेको भ्रष्टचार काण्डलाई लिएर विगत छ हप्तादेखि जारी विशाल विरोध सभामा शनिबार पनि लाखौं जनताले सहभागीता जनाए । कोरियालीहरुले प्रदर्शन गरी राष्ट्रपति पार्कलाई पदबाट हटाउने र उनमाथि लागेको अनियमितता सम्वन्धी आरोपमा पक्राउ गर्नृुपर्ने मागसहित सहभागिता जनाएका हुन् ।

दक्षिण कोरियाली संसदमा राष्ट्रपति विरुद्ध यहाँका प्रतिपक्षी दलले महाभियोग प्रस्ताव दर्ता गरेपछि महाभियोग प्रस्तावमाथि आगामी शुक्रबार मतदान हुनुभन्दा पहिले भएको प्रदर्शनमा यस पहिलेजस्तै विशाल जनसमर्थन देखिएको हो ।

संसद्बाट प्रस्ताव पारित भएपनि नभएपनि पार्क कोरियाली इतिहासमा प्रजातान्त्रिक रुपमा निर्वाचित पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुनेछिन जसले आफ्नो पाँच बर्षे कार्यकाल पूरा नगरिकनै विदा हुनेछिन् ।

चौसठ्ठी–बर्षीय पार्कले आफ्ना साथीसँग मिलेर राज्यशक्तिको दुरुपयोग र जालसाजी गरेको आरोप लगाइएको छ । उनी आफैँ सत्ताबाट हट्ने छिन् वा उनलाई पदबाट हटाइने छ भन्ने विषयले विशेष चर्चा पाइरहेको छ ।

शनिबार विहान संसदमा पेश गरिएको अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्दा १७१ सांसदको हस्ताक्षर रहेको छ । महाभियोग प्रस्ताव पासहुन दुईतिहाई सदस्यले पारित गर्नुपर्छ । कोरियाली राष्ट्रिय सभामा ३०० सदस्य रहेका छन् ।

