चीनलाई जर्मनीको प्राविधिक व्यवसाय एक्सट्रन बिक्री रोक्ने अमेरिकी प्रयास
मंसिर - १८ । चिनियाँ कम्पनीले जर्मनीको अर्धसुचालक उपकरण निर्माता एक्सट्रन खरिद गर्न गरेको प्रयास रोक्न अमेरिकी राष्ट्रपति बराक ओबामाले एक्सट्रनको अमेरिकी व्यवसाय यस प्रक्रियामा समावेश गर्न शुक्रबार अस्वीकार गरेका छन्।
अमेरिकामा विदेशी लगानी समितिको अध्यक्षता राष्ट्रपति ओबामाले गरेका छन् र त्यसको पुनरावलोकनमा सैनिक उपयोगको सम्भावना भएको संवेदनशील प्रविधि चिनियाँ हातमा पर्नसक्ने सम्भावना भएकाले यस समझौताले दिने जोखिम निकै ठूलो भएको देखिएको अमेरिकी अर्थ मन्त्रालयले जानएको छ ।
अर्थ मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अमेरिकी विदेशी लगानी समिति तथा राष्ट्रपतिले उक्त कारोवारले अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम दिएको र त्यसलाई न्यूनीकरणको माध्यमबाट समाधान गर्न नसकिने मूल्याङ्कन गर्नुभएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा एलईडी बत्ती, लेजर तथा सौर्य ब्याट्रीमा उपयोग हुने उच्च क्षमताको अर्धसुचालक यौगिक बनाउन एक्सट्रन एसईको प्राविधिक विशेषज्ञता रहेको त्यसको सैनिक उपयोग रहेको उल्लेख गरिएको छ ।
चिनियाँ सरकारको सहयोग रहेको चिनियाँ कम्पनी ग्यान्ड चिप इन्भेस्टमेन्टले एक्सट्रन खरिद गर्न चाहेको र वासिङ्टनले त्यस्तो प्रविधि चिनियाँ हातमा नपरोस् भनी चाहेको बताइएको छ ।
चिनियाँ
जर्मनी
बराक ओबामा