News

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान
मंसिर - १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई आइतबार छलफलका लागि बोलाएकी छिन् । नेपालको संविधानको संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले छलफलका लागि आइतबार ४ बजे अगाडि शीतलनिवास आउन फोनमार्फत बोलावट भएको जनकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी

विशेष