ताजा खबर राजनीति News

महन्थ ठाकुर र राजेन्द्र महतो सुटुक्क बालुवाटार छिरेपछि…

महन्थ ठाकुर र राजेन्द्र महतो सुटुक्क बालुवाटार छिरेपछि…
मंसिर १९ । मधेशी मोर्चाका नेताद्धय महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेताद्धय ठाकुर र झा प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । आज विहान नेपालका लागि भारतीय राजदुत रञ्जित रायसँग भेटेपछि उनीहरु साँझ प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार गएका हुन् । स्रोतका अनुसार यी दुई नेताले प्रधानमन्त्री दाहालसँग संविधान संशोधन प्रस्ताव कसरी अघि बढाउनेबारेमा कुराकानी गरेका छन् ।

विशेष