मनमोहन गोल्डकप प्रतियोगिताको उपाधि आर्मीलाई

मंसिर १९ । सुनसरीको दुहवी भलुवा नगरपालिकामा जारी मनमोहन गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा आर्मी क्लबले उपाधि हात पारेको छ । फाइनल खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई अतिरिक्त समयको खेलमा गोलको सहयोगमा पराजित गर्दै आर्मी क्लबले उपाधि हात पारेको हो ।
आर्मी क्लबले टाइब्रेकरमा पाँच÷पाँच गोल भए पनि अतिरिक्त समयको खेलमा थप एक गोल गरेपछि उपाधि चुम्न सफल भएको हो ।
उपाधि चुमेका आर्मीले नगद रु तीन लाख एक हजार १११, सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएका मनाङ–मस्र्याङ्दी क्लबले नगद रु एक लाख ५१ हजार, सिल्ड र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ ।
Nepal Army
nepali football