राजनीति News

मधेशी नेतालाई भारतीय दूतावासको लन्च

मधेशी नेतालाई भारतीय दूतावासको लन्च

bharat

मंसिर १९ । संविधानमा संशोधन गर्ने भन्दै सरकारले सदनमा दर्ता गराएको संशोधन प्रस्तावलाई स्वीकार्न नसकिने बताएका तराई केन्द्रित दलका नेता र भारतीय राजदूतबीच शनिबार भेटवार्ता भएको छ ।

भेटघाटमा सहभागी नेताहरुले विकास निर्माणका बारेमा छलफल गर्न बोलाइएको र छलफलका क्रममा संशोधन प्रस्तावमा बारेमा पनि कुरा भएको बताएका छन् ।

भेटघाटमा सहभागी नेताहरुका अनुसार राजदूतले प्रतिक्रिया माग्दा उनीहरुले थप संशोधन नभएसम्म स्वीकार्न नसकिने बताएका थिए ।

भारतीय राजदूतको निम्तो मान्न तराई केन्द्रित दलका सबैजसो मुख्य नेताहरु राजधानीको लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए ।लामो आन्दोलनको माग बमोजिम आएको संशोधन विधेयकमा थप परिमार्जन आवश्यक रहेको सार्वजनिक प्रतिक्रिया तराई केन्द्रित दलका नेताहरु जनाउँदै आएका छन् ।

संशोधन प्रस्तावमा आफूहरुले भन्दै आएको थप संशोधनको आवश्यकता रहेको कुरा राजदूतसँगको भेटमा पनि राखिएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए ।

Indain Ranjit Ray

विशेष