खानी भेटिएको शंका पछि मेलम्चीमा सुरक्षा कडा पारियो, जो कोहीलाई प्रवेशमै निषेध
मंसिर १९ । हेलम्बुस्थित मेलम्ची आयोजनाको हेड वर्क्स साइटमा खानी रहेको आशंकामा सुरक्षा कडाई गरिएको छ । साइट छेउको पहाडबाट पहेलो पदार्थ निस्किएपछि खनिज हुन सक्ने भन्दै आयोजनाले काम रोकेका हो ।
शनिबारदेखि गेटपारिका स्थानीय बाहेक अन्यलाई त्यहाँबाट आउजान गर्न सुरक्षाकर्मीले लोक लगाएका छन् । ‘गेटपारि बस्नले मात्रै उता जान पाउँछन, अरुलाई निषेध गरिएको स्थानीय ग्याल्देन शेर्पाले भने, ‘हामीले प्रत्येक पटक आउजाउ गर्न अनुमति लिनु परेको छ । ’ –कान्तिपुर दैनिकबाट