खेल ताजा खबर News

कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुने

कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुने

मंसिर १९ । दक्षिण एसियाका कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानले एसिसी महिला ट्वान्टी–२० एसिया कप क्रिकेटको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । सोमबार थाइल्यान्डको बैंककमा हुनेछ । भारत प्रतियोगिताको साबिक विजेता हो । प्रतियोगिताको पाँच संस्करण सकिँदा सबैमा भारतले उपाधि जितेको छ ।

सुरुआती संस्करणदेखि एकदिवसीयमा भएपनि २०१२ को ग्वान्झाउ एसियाडदेखि ट्वान्टी–२० स्वरुपमा एसिया कप भइरहेको छ। एसिया कपमा पाकिस्तान र भारत लगातार दोस्रोपटक फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । चार वर्षअघि चीनमा भएको फाइनलमा भारतले पाकिस्तानलाई १९ रनले हराउँदै उपाधिमाथि एकछत्र राजगरेको थियो ।

शनिबार पाकिस्तानले आयोजक थाइल्यान्डलाई ५ विकेटले हराउँदै फाइनल सुरक्षित गरेको हो। भारत भने समूह चरणका पाँचै खेल जित्दै फाइलनपुगिसकेको थियो । शनिबारै अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ७ विकेटले हराएको थियो ।

India vs Pakistan

विशेष