ताजा खबर राजनीति News

चर्को आलोचना पछि बोल्यो भारतीय दूतावास, 'छिमेकीलाई सघाउन मधेसी नेतासँग छलफल गरेको हो'

चर्को आलोचना पछि बोल्यो भारतीय दूतावास, 'छिमेकीलाई सघाउन मधेसी नेतासँग छलफल गरेको हो'

indain-embassy मंसिर १९ । पछिल्लो समय संविधान संशोधन प्रस्तावका विषयमा नेपालस्थित भारतीय राजदूतावासले गरेका भूमिकाबारे उठेका प्रश्नको जवाफ दिँदै ‘नजिकका छिमेकी एवम् मित्रको हैसियतले सघाउन खोजेको’ जवाफ दूतावासले दिएको छ।

‘शान्ति, स्थायित्व र प्रगतिप्रति दुबै छिमेकी नेपाल र भारतको साझा चासो र सरोकार रहेको अवस्था यथावत छ,’ आधिकारिक प्रवक्ताको भनाइ भनेर दूतावासद्वारा प्रेषित पत्रमा लेखिएको छ, ‘संवैधानिक प्रक्रिया र संवादको माध्यमबाट समाजका आकांक्षाहरूको परिपूर्तिका निम्ति नेपाल सरकारका पहलमा हामीले सदैव सघाउँदै नै आएका छौं ।’

अहिले चलिरहेको प्रक्रियाकै क्रममा संसदमा संविधान संशोधन विधेयक नोभेम्बर २९ तारिखका दिन दर्ता गरिनु महत्वपूर्ण कदम भएको पत्रमा उल्लेखित छ ।

‘सबै पक्ष यसमा नजिकबाट सरिक होउन् र यो प्रयासले सफलता हासिल गरोस् भन्ने हामी चाहन्छौं,’ प्रवक्ताको भनाइ छ, ‘नेपालको नजिकको मित्रवत् छिमेकीका नाताले भारत नेपाली जनता र सरकारको प्राथमिकतालाई ध्यानमा राखेर शान्ति, स्थायित्व र आर्थिक विकासको अभिवृद्धिका निम्ति सबै प्रकारको सहयोग जारी राख्न तयार छ ।’

Indian Embaay Nepal

विशेष