बन्द ३ बजे खुल्ने
मंसिर १९ । प्रदेश नं ५ बाट पहाडी जिल्ला छुट्याउने गरी संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता भएपछि अनिश्चितकालीन बन्द भएको अर्घाखाँची आइतबार अपराह्न ३ बजेदेखि खुल्ने भएको छ ।
पाँच दिनदेखिको बन्दले जनजीवनमा असर परेको सोमबार बिहान ११ बजेसम्म बन्द तथा आम हडताल फिर्ता लिइएको संघर्ष समितिका संयोजक विष्णु मुस्कानले बताए ।
बन्दका कारण सन्धिखर्कबाट छुट्ने लामो तथा छोटो दूरीको सवारी साधन चल्न सकेका छैनन् । बजार, उद्योगधन्दा तथा कलकारखाना ठप्प छन् ।
बन्दका कारण रोकिएको विद्यालयको अर्धवार्षिक परीक्षा मङ्गलबारदेखि सञ्चालन गर्न दिइने निर्णय भएको छ । बन्दप्रति उद्योग वाणिज्य संघ, प्याब्सन, नेपाल पत्रकार महासंघ र अन्तरपार्टी महिला सञ्जालको पनि ऐक्यबद्धता छ ।
banda khulney